मई दिवसको अवसरमा अन्टुफले राजनैतिक तथा वैचारिक प्रशिक्षण आयाेजना गर्दै

६ बैशाख ०७८, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले मई दिवस (२०७८ बैशाख १८)को अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

महासंघका अध्यक्ष जगत सिम्खडाले काेभिड-१९ काे विश्वव्यापी महामारी सम्बन्धी सरकारले ताेकेकाे मापदण्ड अपनाएर विविध कार्यक्रम गर्दै केन्द्र, प्रदेश, जिल्ला महासंघ र प्रतिष्ठानहरूले मई दिवसका अवसरमा गर्ने जानकारी दिएका हुन् ।

अध्यक्ष सिम्खडाले रक्तदान कार्यक्रम पेरिसडाँडामा आयोजना गर्ने, याेगदानमा आधारित सामाजिक सुरक्षा र श्रम ऐनको बारेमा अन्तरक्रिया कार्यक्रम गर्ने, राजनैतिक तथा बैचारिक प्रशिक्षण बैशाख १५ मा आयोजना गर्ने साथै संगठनकाे बैठक, गठन, पुनर्गठन साथै भेला, सम्मेलन लगायतका अभियानलाई निरन्तरता दिने बताए ।

  •  
  •  
  •  
  •  
  •