मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

६ बैशाख ०७८, काठमाडौं । मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन् ।

भाेलि मं‍गलबार संसद बैठक तय भइसकेको अवस्थामा साेमबार मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् ।

आफ्नै कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग परामर्श नगरेको जानकारी दिएका हुन् ।

उनले भने, ‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन ।’

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि परेको मुद्दामा सर्वोच्चले फागुन ११ गते पुनर्स्थापना गरिदिएको थियो ।

  •  
  •  
  •  
  •  
  •