लुम्बिनी प्रदेशका मुुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

६ बैशाख ०७८, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

८७ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

  •  
  •  
  •  
  •  
  •