लुम्बिनी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलकाे माग

६ बैशाख ०७८, बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी दलहरुले विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेशसभा सचेतक तुलाराम घर्ती मगरका अनुसार काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले १५ दिनभित्र विशेष महाधिवेशन बाेलाउन माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका हुन् ।

सरकार प्रमुखले अविश्वासकाे प्रस्ताव दर्ता भएको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

  •  
  •  
  •  
  •  
  •