सार्जवनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक

६ बैशाख ०७८, काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सार्जवनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

सोमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेकोे हाे ।

कोरोना महामारी नियन्त्रण तथा रोकथाम आदेशअनुसार ०७८ बैशाख महिनाभरि पार्टी प्यालेस बन्द हुनेछन् । साथै, विवाह, ब्रतबन्ध र मलामीजस्ता कार्यमा समेत बढीमा २५ जनाभन्दा बढी सहभागी हुन रोक लगाएको छ ।

  •  
  •  
  •  
  •  
  •