१३२औं मई दिवस भव्यतापूर्वक मनाउने निर्णय गर्दै औधोगिक मजदुर कास्कीको बैठक सम्पन्न

७ बैशाख ०७८, काठमाडौं । अखिल नेपाल औधोगिक मजदुर संघ कास्की जिल्ला समितिको बैठक १३२औं मई दिवस भव्यतापूर्वक मनाउने लगायतका निर्णय गर्दै सम्पन्न भएको छ ।

मंगलबार औधोगिक मजदुर कास्की जिल्ला अध्यक्ष लोक बहादुर भुजेलको अध्यक्षतामा बसेको बैठकले १३२औं मई दिवस भव्यतापूर्वक मनाउने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न सबै प्रतिष्ठानहरुमा बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, संगठन गठन, पुनर्गठन गर्ने, न्यूनतम बेतन बृद्धि र श्रम ऐनका मजदुर विरोधी दफा १४५ खारेजीका लागि संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

उक्त बैठक अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापाको प्रमुख आतिथ्यता साथै गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतम र सचिव भोजराज खत्रीको आतिथ्यमा बसेको थियो ।

  •  
  •  
  •  
  •  
  •