एमाले खनाल-नेपाल समूहका २७ सांसदलाई स्पष्टीकरण साेधियाे

८ बैशाख ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका २७ सांसदलाई पदबाट किन नहटाउने ? भनी प्रश्न गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता ओलीले खनाल-नेपाल समूहमा क्रियाशील पार्टीका २७ प्रतिनिधिसभा सदस्य (सांसद)लाई संसदीय दलको विधान विपरीत पार्टी र सरकारविरुद्ध क्रियाकलाप किन गरेको भन्दै स्पष्टीकरण सोधेका हुन् ।

अध्यक्ष ओेलीले एमालेको नाम र निर्वाचन चिन्ह सूर्यको दुरुपयोग गरी पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक विचारधारा, दर्शन र कार्यक्रमभन्दा भिन्न गतिविधि सञ्चालन गरेको र नयाँ राजनीतिक दल गठन गर्नुअघि संगठनात्मक आधार खडा गर्न भेला गर्दै हिँडेको आरोप लगाएका छन् ।

यसअघि ६ महिनाका लागि निलम्बन गरिएका माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बनपछि पनि पुनः त्यही गतिविधि किन दोहो-याएको भनेर सोधिएको छ ।

  •  
  •  
  •  
  •  
  •