एकतावद्ध पहलकदमीबाट प्रतिगामी कदम परास्त गर्न सकिन्छ – प्रचण्ड

९ बैशाख ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रगामी शक्तिको पहलकदमीबाट प्रतिक्रियावादीहरूकाे प्रतिगामी कदमलाई परास्त गर्न सकिने बताएका छन् ।

अध्यक्ष प्रचण्डले बिहीबार विश्वसर्वहारा वर्गका महान् नेता कमरेड भी.आई. लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा
शुभकामना सन्देशमार्फत् यस्तो बताएका हुन् ।

“सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ,” शुभकामना सन्देशमा भनिएको छ, “देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो ।”

कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय घाेर प्रतिगामी प्रवृति देखापरेको भन्दै सन्देशमा नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •