मैले उठाएको आवाज ‘आपराधिक’ देख्नु आफैँमा ‘आपराधिक’ चिन्तन होइन र ? – माधव नेपाल

९ बैशाख ०७८, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधान विपरीतका निर्णय रद्द गर्न माग गर्दा अध्यक्षले छुट्टै पार्टी खोलेको भन्नु आपत्तिजनक एवं हास्यास्पद भएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले यस्तो बताएका हुन् ।

“पार्टीको इतिहास, सिद्धान्त, कार्यक्रम, नीति र विधिको रक्षार्थ तपाईले फागुन २८ गते गर्नुभएको पार्टी विधान विपरीतको निर्णय रद्द गर्न माग गर्दा ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तिजनक एवं हास्यास्पद छ” स्पष्टीकरणमा उल्लेख छ, “मैले उठाएको आवाजलाई तपाईंले ‘अपराधिक’ देख्नु आफैँमा पार्टीविरुद्ध अपराधिक’ चिन्तन होइन र ?”

 

  •  
  •  
  •  
  •  
  •