राष्ट्रिय सभाको रिक्त पदका लागि जेठ ६ गते उपनिर्वाचन हुने

१० बैशाख ०७८, काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुने भएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य निर्वाचित गृहमन्त्री समेत रहेका रामबहादुर थापा एमालेमा प्रवेश गरेपछि पदमुक्त गरिएको थियोे ।

  •  
  •  
  •  
  •  
  •