लुम्बिनीका विपक्षी चार दलले भन्यो, प्रदेश प्रमुखलाई बर्खास्त र पोखरेललाई मुख्यमन्त्री अस्वीकार

२० बैशाख ०७८, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न माग गर्दै शंकर पोखरेललाई मुख्यमन्त्री अस्वीकार गर्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त पत्रकार सम्मेलन गरेर प्रदेश प्रमुख यादवलाई बर्खास्त र अल्पमतमा रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री अस्वीकार गर्ने बताएका हुन् ।

प्रदेश प्रमुख यादवले असंवैधानिक, अराजनीतिक र स्वेच्छाचारी ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै उनलाई बर्खास्त र अल्पमत रहे पनि बहुमतको दावी गरेर गर्न माग गरेका हुन् ।

विपक्षी चार दलले प्रदेश प्रमुखले यादवले स्वेच्छाचारी ढंगले विशेष अधिवेशन अन्त्य गरेर निरंकुश चरित्र प्रदर्शन गरेको र प्रदेशसभाको विशेष अधिकार हनन् गरेको आरोप समेत लगाएका छन् ।

उनीहरुले एमाले संसदीय दलको आइतबारको बैठकमा दाङका अमरबहादुर डांगी र विमला खत्री वली अनुपस्थित भएको अवस्थामा डांगी, वली र भोजप्रसाद श्रेष्ठ गरी तीनजनाको हस्ताक्षर कीर्ते गरिएको भन्दै दलको निर्णय औचित्यहीन रहेको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलमाथिको अविश्वास प्रस्ताव टुंगो नलगाई षड्यन्त्रमूलक ढंगले विशेष अधिवेशन अन्त्य गरिएको भन्दै चार दलले तत्काल विशेष अधिवेशन डाक्न माग गरेका छन् ।

 

  •  
  •  
  •  
  •  
  •