माओवादी केन्द्रले फिर्ता लियो वर्तमान सरकारलाई दिएको समर्थन

२२ बैशाख ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्रले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको हाे ।

माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रधानमन्त्री ओली विश्वासको मत माग्न एमाले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा र विष्णु पौडेललाई लिएर काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ताको पत्रमा प्रधानमन्त्री ओलीले संविधानको उल्लंघन गरी प्रतिगामी कदम चालेको, सत्ताको निकृष्ट खेल खेलेको, समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई ध्वस्त साथै नेपाली कम्युनिष्ट आन्दोलनमाथि नै आक्रमण गरेको लगायतका आराेप लगाइएको छ ।

विज्ञप्तिकाे पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •