रमादान पर्वका अवसरमा कतार सरकारद्वारा १४ नेपाली बन्दीलाई आममाफी

काठमाडौं । कतार सरकारले रमादान पर्वका अवसर पारेर १४ नेपाली बन्दीलाई आममाफी दिएको छ ।

कतारस्थित केन्द्रीय र अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जनालाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित कारागारमा रहेका नेपालीलाई आममाफी दिँदै आएको छ ।

आममाफी पाउनेको विवरण भने दूतावासले सार्वजनिक गरेको छैन् । दोहास्थित नेपाली दूतावासले आममाफी पाएकाहरुलाई स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिने जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •