प्रधानमन्त्री ओली नेतृत्वको सरकार विस्थापित गर्नुपर्नेमा कांग्रेस सभापति देउवाको जोड

२५ बैशाख ०७८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु हुन दुई दिनअघि शनिबार बसेको पदाधिकारी बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकमा बोलेका सभापति देउवाले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको एक सांसदले बताए ।

सांसद प्रकाश रसाइली स्नेहीकाअनुसार पार्टी सभापतिले देउवा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र जसरी पनि विस्थापित गर्नुपर्छ भन्ने मत राखेको बताए ।

  •  
  •  
  •  
  •  
  •