शुक्रराज ट्रपिकलमा किट सकिएपछि पीसीआर परीक्षण कार्य बन्द

२८ बैशाख ०७८, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले एक्सट्रयाक्सन किट सकिएपछि पीसीआर परीक्षण कार्य बन्द गरेको छ ।

अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले किट आएपछि परीक्षण पुनः सुरु गर्ने भन्दै हाललाई पीसीआर परीक्षण स्थगित गरिएको जानकारी दिए ।

आफूहरुले अन्य ल्याबको किट प्रयोग नगर्ने बताउँदै उनले सप्लायर्सले किट उपलब्ध गराएपछि परीक्षण पुनः सुरु गर्ने बताए ।

“किट उपलब्ध हुनासाथ हामी परीक्षण सुरु गछौं,” उनले भने, “सप्लायर्सले दुई दिनभित्र उपलब्ध गराइदिन्छु भनेको छ । हामीले अन्य ल्याबको किट प्रयोग गर्ने गरेका छैनौं ।”

मंगलबार सूचनामा प्रकाशित गरेर टेकु अस्पतालले सर्वसाधरणका लागि “विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण बन्द” गरिएको जनाएको छ ।

 

  •  
  •  
  •  
  •  
  •