आज विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै

२९ बैशाख ०७८, काठमाडौं । आज विश्वभरि अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ ।

‘नर्स: नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ ।

नर्स दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीकाे शुभकामना व्यक्त गरेकी छन्।

उनलेे ट्वीटमा लेखेकी छन्, “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

विश्व काेराेना भाइरस संक्रमणविरूद्ध लडिरहेका वर्तमान समयमा संसारका जुनकुनै अस्पतालमा सबैभन्दा अग्रपंक्तिमा रहेर नर्सहरूले बिरामीको हेरचाह तथा सेवा गरिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •