गण्डकीमा विपक्षी दलको बहुमत पुगेन, पृथ्वी सुब्बा गुरुङ अल्पमतको मुख्यमन्त्री नियुक्त

२९ बैशाख ०७८, कास्की । गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न गरेको  दावी नपुगेको भन्दै प्रदेश प्रमुख सीता पौडेलले हालै राजीनामा दिएका गुरुङलाई अल्पमतको मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेको अवस्थामा संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

कांग्रेसका सांसद पोखरेलले दावी पेश गरेको केही समयमै राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु तटस्थ रहेको भनी छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका थिए ।

उनीहरुको विज्ञप्ति आएसँगै प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको थियो ।

वैशाख २६ गते गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •