सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टर्‍यो – माधव नेपाल

३० बैशाख ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् ।

अध्यक्ष ओली र नेपाल बीच आज भएको छलफल सहमति नजिक पुगेसँगै नेपाल समूहका सांसदले दिने भनिएको राजीनामा तत्कालका लागि टरेको छ ।

बैठक सकिएपछि सञ्चारकर्मीहरुलाई नेपालले भने, ‘आज सांसदहरुले  राजीनामा दिने कुरा दुई चार दिनलाई टर्‍यो ।’

चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा ओली र नेपाल चार घण्टाभन्दा बढी छलफल भएकाे थियोे ।

बैशाख २७ गते प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय आज राति ९ बजे सकिँदैछ ।

  •  
  •  
  •  
  •  
  •