पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमण पुष्टि

३१ बैशाख ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमणबाट २०३ जनाको मृत्यु भएको बताएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ भने यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ ।
जसमा सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ रहेको छ ।

  •  
  •  
  •  
  •  
  •