रातो मच्छिन्द्रनाथको रथ तान्ने काम सम्पन्न

१ जेठ ०७८, ललितपुर । आज रातो मच्छिन्द्रनाथको रथ तानिएको छ ।

कोरोनाका कारण न्यून उपस्थितिमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दिउँसो करिब पौने पाँच बजेको समयमा रथ तानिएको हो ।

रथ पुल्चोकस्थित दमकलचोक जोगाम्बर पीठबाट तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पु¥याइएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यस वर्षको रथ तान्ने काम सम्पन्न भएको बताउँदै बुधबार बिहान लोकेश्वरको मूर्ति झिकेर खटमा हालेर बुङ्मती लगिने जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •