प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

३ जेठ ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।

प्रधानमन्त्री ओली संविधानको धारा ७६(३) बमोजिम नियुक्त भएसँगै लिएको सपथ ग्रहणमा उनले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द राष्ट्रपतिले दोहो¥याउँदा समेत ‘त्यो पर्दैन’ भनेर उच्चारण नगरेपछि धारा–८० अनुसार दोस्रोपटक शपथ गराउन सर्वोच्च्मा रिट परेको हो ।

बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसीले बैशाख ३१ मा प्रधानमन्त्री ओलीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै रिट हालेका हुन् ।

उक्त रिटमाथि मंगलबार सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।

  •  
  •  
  •  
  •  
  •