ललितपुरका दुई सय २६ पत्रकारले लगाए भेरोसेल खोप

६ असार ०७८ । नेपाल पत्रकार महासंघ ललितपुरको समन्वयमा पत्रकारहरुलाई कोरोना विरुद्धको पहिलो चरणको भेरोसेल खोप लगाइएको छ ।

आइतबार नेपाल पत्रकार महासंघ ललितपुरको समन्वय र जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरको व्यवस्थापनमा शाखाका १ सय ८३ पुरुष र ४३ महिला गरी २ सय २६ पत्रकारहरुले खोप लगाएका हुन ।

महासंघले फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी शाखाका सबै सदस्यहरुलाई खोप व्यवस्थापन गराउन जिल्ला प्रशासन कार्यालय ललितपुर र स्वास्थ्य कार्यालय ललितपुरसँग पहल गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •