‘मालेमावाद’, ‘२१औं शताब्दीको जनवाद’ कि ‘जनताको जनवाद’ – जय कार्की

छुटेका श्रमिकहरुलाई खाद्यन्न राहत तथा स्वास्थ्य सुरक्षा सामग्री दिइने

८ असार ०७८, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले कोरोनाको दोस्रो लहरसँगै दैनिकीमै समस्यामा परेका श्रमिकहरुलाई खाद्यन्न राहत तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको भन्दै छुटेका श्रमिकहरुलाई दिइने बताएका छन् ।

मंगलबार बसेको महासंघ पदाधिकारीको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष सिम्खडाले यस्तो बताएका हुन् ।

महासंघले सरकारलाई कोरोना खोप दिलाउन आवश्यक दबाब दिने, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न, गराउन सरोकारवाला निकायलाई दबाब दिँदै न्यूतम बेतनबृद्धि ०७७ साउनदेखि नै कार्यान्वयन गर्न, प्रादेशिक संगठनको गतिविधिलाई तिब्रता दिने पनि अध्यक्ष सिम्खडाले जोड दिएका छन् ।

हाम्रो पार्टी अहिले कुन ‘वाद’लाई मान्दछ ?

यस्तै बैठकमा उपाध्यक्ष जय कार्कीले कम्युनिष्ट पार्टी मजदुरको संगठन भए पनि पार्टीमा मजदुरका प्रतिनिधित्व कमजोर हुनु बिडम्बना भएको बताए ।

नेकपा (माओवादी) केन्द्रको पछिल्लो नीति नै अस्पष्ट रहेको बताउँदै उपाध्यक्ष कार्कीले प्रश्न उठाए, “हाम्रो पार्टी अहिले कुन ‘वाद’लाई मान्दछ, ‘मालेमावाद’, ‘२१औं शताब्दीको जनवाद’ कि ‘जनताको जनवाद ?’

पार्टीमा युवाहरुको प्रतिनिधित्वका सवाललाई लिएर गरिएको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी उमेर समूहले नभएर विचारले चल्नु पर्ने बताए ।

पार्टीको उपरीसंरचनामा उमेरले डाँडाकाटेका नेताहरु पदमै बसिरहने तर बिचका नेता तथा कार्यकर्ताहरु छाँट्ने र पार्टी केन्द्रमा युवाहरुको प्रतिनिधित्व गराउने कुरामा सकारात्मक हुन नसकिने पनि उनले बताए ।

कार्यकर्ताले आफ्नै पार्टीको चुनाव चिह्न समेत भूल्ने स्थिति !

यस्तै अर्का उपाध्यक्ष एसबी थापा मगरले कुनैपनि आन्दोलनको अग्रमोर्चामा डटेर लड्ने श्रमिकहरुलाई पार्टी नेतृत्वले सत्ता र लाभको पद प्राप्ति गरेपछि अपरिचितको व्यवहार गर्ने भन्दै नीति निर्माणको तहमा मजदुरको प्रतिनिधित्व अनिवार्य गरिनुपर्नेमा जोड दिए ।

उपाध्यक्ष थापाले नेकपा (माओवादी केन्द्र) कम्युनिष्टको पार्टी भए पनि नेतृत्वले कहिले ‘रुख’मा भोट हाल्न लगाउने, कहिले ‘सूर्य’मा भोट हाल्न लगाउने गर्दा कार्यकर्ताले आफ्नै पार्टीको चुनाव चिह्न समेत भूल्ने स्थिति बनेको बताए ।

“कुभिण्डोलाई काठको खुट्टो हालेर हिँड्दैन । त्यसैले, ‘नेकपा (माओवादी केन्द्र)’ देशको आवश्यकता र परिस्थिति अनुसार अघि बढिरहेको भएपनि मूलतः वैचारिकरुपमै स्पष्ट भएर अघि बढ्नुपर्दछ,” उपाध्यक्ष थापाले भने, “किनभने नेतृत्वले कहिले रुखमा त कहिले सूर्य चिह्नमा मतदान गर्न लगाउनाले आज श्रमजीवी मजदुर, पार्टी कार्यकर्ताहरुले आफ्नै पार्टीको चुनाव चिह्न हसिँया हथौडा भूल्ने स्थिति बनेको छ । अब गम्भीर समीक्षा गरिनु पर्दछ ।”

यस्तै बैठकमा उपाध्यक्ष धन बहादुर विक, कार्यवहाक महासचिव शालिकराम काफ्ले, उपमहासचिव प्रकाश श्रेष्ठ, सचिव सोम तामाङले मजदुर संगठनलाई पार्टीले सत्तामा पुग्ने भ¥याङकारुपमा मात्रै उपयोग गर्नु बैचारिक स्खलनको परिणति भएको बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •