ओलीको विपक्षी गठबन्धन प्रतिगमनविरुद्ध सडक संघर्षमा जाने

९ असार ०७८, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षी गठबन्धनले निषेधाज्ञा खुकुलो बन्दै गएसँगै प्रतिगमनविरुद्ध जनपरिचालन साथै सडक संघर्षका कार्यक्रमहरु गर्ने निर्णय लिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार साँझ बसेको गठबन्धनको बैठकले प्रतिगमनविरुद्ध जनपरिचालन साथै सडक संघर्षका कार्यक्रमहरु गर्ने निर्णय लिएको हो ।

गठबन्धनको बैठकमा नेपाली काँग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकपछि काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रतिगमनविरुद्ध भौतिकदूरी कायम गरेर विरोधका कार्यक्रमहरु गर्ने सैद्धान्तिक छलफल भएको जानकारी दिँदै गठबन्धनलाई अझै मजबुत बनाउँदै लैजाने र बिहीबार सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्ण भएको बताए ।

  •  
  •  
  •  
  •  
  •