सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

८ साउन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि संसदमै बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता कोरोनाविरुद्ध सबै नागरिकलाई खोप दिनु रहेको बताएका हुन्

आफ्नो प्रधानमन्त्री कालमा देखिने गरी काम गर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘ऋण लिएर भए पनि खोप किनेर जनतालाई खोप पु-याउने प्रतिवद्धता पूरा गर्छौं ।’

कांग्रेसले एमालेका सांसदहरुलाई फ्लोर क्रस गराएको भन्ने सांसद सुवास नेम्वाङको भनाईलाई खण्डन गर्दै उनले संविधान बनाउने क्रममा धारा ७६(५) किन लेखियो भनेर प्रश्न उठाएका थिए ।

 

  •  
  •  
  •  
  •  
  •