एमालेको नेपाल समूह र जनमोर्चा गठबन्धन सरकारमा नजाने

१३ साउन ०७८, काठमाडौं । पाँच दलीय गठबन्धनमा रहेका नेकपा एमालेको (माधव नेपाल) समूह र राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ ।

बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री देउवाले प्रधानमन्त्री बन्न सघाएका पाँच दलीय गठबन्धनको बैठक बोलाएका थिए । सो बैठकमा एमालेको नेपाल समूह र राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताएको हो ।

सो बैठकमा नेपाल समूहबाट डा. विजय पौडेल सहभागी थिए भने कांग्रेसबाट प्रधानमन्त्री समेत रहेको सभापति रहेका शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई साथै जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी थिए ।

  •  
  •  
  •  
  •  
  •