सभामुख र गृहमन्त्रीबीच छलफल

१४ साउन ०७८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच प्रतिनिधिसभाको चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायतका विषयमा छलफल भएको हो ।

सभामुख र गृहमन्त्री बीच बाढीपहिराका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे छलफल भएको छ ।

गृहमन्त्री खाँणले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितको पुनःस्थापनाको कार्य अघि बढाउने बताए ।

  •  
  •  
  •  
  •  
  •