मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत : मतदान कार्तिक १० मा हुने

४ कार्तिक ०७८, मकवानपुर । बिहीबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेकी छन् ।

उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभामा छलफल भए पनि मतदान भने कार्तिक १० गते मात्रै हुने भएको छ ।

नेकपा एमालेले बिहीबारको प्रदेशसभा बैठक स्थगित गर्नुपर्ने भन्दै प्रदेशसभा सचिवालयमा कार्तिक १० गतेअघि बैठक नराख्न आग्रह गरी पत्र लेखेका थिए ।

नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले दिएको जानकारीअनुसार आजको बैठकमा एमाले आउनै मानिरहेको थिएन, एकै पटक १० गते बैठक राख्न भनिरहेको थियो । आज छलफलमात्रै गरौं अर्को बैठकमा मतदान गरौंला भनेपछि एमाले बैठकमा सहभागी भयो ।

नेता जमरकट्टेलले भने, ‘दलीय सहमतिमै प्रदेशसभाको बैठक कार्तिक १० गते बैठक बस्ने भएको हो ।’

  •  
  •  
  •  
  •  
  •