कांग्रेसको मतदान स्थलमा फोटो खिच्न नपाएपछि पत्रकारको विरोध

२७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् ।

फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न नपाएपछि राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर उनीहरुले विरोध जनाएका हुन् ।

फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई रोकेका थिए ।

  •  
  •  
  •  
  •  
  •