माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्ष चुनिए सहयात्री

५ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री विजयी भएका छन् ।

सहयात्रीले प्रतिद्वन्द्वी दीननाथ गौतमलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

सहयात्रीले १६२ मत ल्याए भने निकटम प्रतिद्वन्द्वी गौतमले ८६ मत पाए ।

यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् भने सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । साथै, कोषाध्यक्षमा संगीता भट्टराई विजयी भएकी छन् ।

  •  
  •  
  •  
  •  
  •