श्रेष्ठको नेतृत्वमा मुक्त हलिया अध्ययन कार्यदल गठन

२ पुस ०७८, काठमाडौं । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन गरेको छ ।

मन्त्री शशि श्रेष्ठले दिएको जानकारीअनुसार श्याम श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ ।

शुक्रबार संसदको राज्य निर्देशक सिद्धान्त समितिको बैठकमा मन्त्री श्रेष्ठले कार्यदल गठन भएको जानकारी दिएकी हुन् ।

१५ दिनको म्याद दिइएको कार्यदलमा अधिकारकर्मी र मन्त्रालयका कर्मचारीहरु रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •