सरकारलाई नागरिकतासम्बन्धी विधेयक संसदमा पेश गर्न आग्रह

८ पुस ०७८, काठमाडौं । प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नागरिकतासम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबारको बैठकमा समिति सभापति कृष्णभक्त पोखरेलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई नागरिकतासम्बन्धी विधेयक संसद बैठकमा पेश गर्न आग्रह गरेका हुन् ।

नागरिकतासम्बन्धी विधेययकमाथि छलफल गरी संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिले सुझावसहित संसदमा बुझाइसकेको छ । तर उक्त विधेयक संसद बैठकमा पेश गरिएको छैन ।

नागरिकता विधेयक पारित नहुँदा जन्मसिद्ध नेपाली नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

  •  
  •  
  •  
  •  
  •