ऐन विपरीत नारायणहिटी संग्रहालयभित्रै रेस्टुरेन्ट बनाइँदै

२० पुस ०७८, काठमाडौं । ऐन विपरीत नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाइँदै छ ।

दरबार संग्रहालयको जग्गा सस्तो मूल्यमा भाडामा लिई गैरकानूनी ढंगले विभिन्न पक्की संरचना बनाउने कार्य भइरहेको हो ।

यतिबेला बनिसकेको भवन सिंगार्नेदेखि नयाँ भवनमा सटर हाल्ने काम चलिरहेको छ । परिसरमा विभिन्न संरचनाहरु थप गरेर बगैँचा निर्माणको काम पनि हुँदैछ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले दरबारभित्र संरचना थप गर्न काठमाडौं महानगरपालिकासँग अनुमति लिएको छैन भने बतास अर्गनाइजेसन अन्तरगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले बनाइरहेका संरचनाहरूको नक्सा पास नै भएको छैन ।

काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभाग प्रमुख इन्जिनियर सुरज शाक्यले पनि नारायणहिटी दरबारभित्र कुनै संरचना बनाउन अनुमति नदिइएको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •