पर्यटनमन्त्री चढेको सवारी दुर्घटना : गाडीमा सवार सबै सुकशल

२७ पुस ०७८, कैलाली । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेको छ ।

मन्त्री आले सवार रहेको सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सुप प्र ०१००१ झ ३३३ को गाडी महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा ४ च १३७७ को गाडीसँग ठोक्किदा दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकिल सिंहले दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •