एमसीसीबारे सुझाव दिन माओवादीद्वारा कार्यदल गठन

८ माघ ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

पूर्वस्थायी कमिटी सदस्यहरूले बैठकमा एमसीसीबारे चर्काे आवाज उठाएपछि कार्यदल गठन गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

सोही कार्यदलको सुझावका आधारमा परिमार्जनसहित अगाडि बढ्ने कुरामा छलफल हुने उनले बताए ।

  •  
  •  
  •  
  •  
  •