काभ्रेमा विद्युतीय राहदानी वितरण सेवा शुरू

१६ माघ ०७८, काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले आजदेखि विद्युतीय राहदानी वितरण सेवा शुरू गरेको छ ।

यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा शुरू गरेको हो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीतिअनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा शुरू गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •