जोर बिजोर लागू नगर्न यातायात व्यवसायीको सुझाव

७ माघ ०७८, काठमाडौं । यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न सुझाव दिएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा गरेको छलफल व्यवसायीहरुले सुझाव दिएका हुन् ।

छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायीले जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् ।

स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम गर्ने भन्दै शुक्रबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •