१२ वर्षमा लाग्ने मेला स्थगित भए पनि स्नान गर्नेको भीड

१ माघ ०७८, काठमाडौं । काभ्रेको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित भए पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको छ ।

त्रिवेणीघाटमा स्नान गर्दा पुण्य हुने विश्वासका साथ भक्तजनले माघ १ गते बिहानै घाटमा पुगेर नुहाउने गर्छन् ।

त्रिवेणीघाटमा हरेक १२ वर्षमा मकर सक्रान्तिको दिनसुरु हुने यो मेला माघ महिनासम्म लाग्ने गर्छ । त्रिवेणीघाटमा पुण्यमाता, रोशी खोला र पद्मावती तीन नदी छन् ।

  •  
  •  
  •  
  •  
  •