एमसीसी नेपालको सार्वभौमसत्ता, स्वाधीनता, संविधान विपरीत – भीम रावल

२ फागुन ०७८, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे संसदीय दलमा कार्यसूची निर्धारण गरेर छलफल गरिनुपर्ने माग गरेका छन् ।

सोमबार संसदीय दलको बैठकमा रावलले एमसीसी नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनिसकेकाले एमालेले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।

रावलले एमसीसी नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुन विपरीत रहेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •