५ फागुन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
बिहीबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति नजुटेपछि ओलीलाई भेट्न देउवा बालकोट पुगेका हुन् ।