कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्ने तयारी

२० फागुन ०७८, काठमाडौं । कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने,‘जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने लाइनमा छौं ।

आगामी शैक्षिक सत्रलाई असर नपर्ने गरी तयारी भइरहेको छ ।’ बोर्डले छिट्टै परीक्षाको समय तालिका सार्वजनिक गर्ने जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •