खनालको दावी एमसीसी संसदबाट पारित नहुने

१४ फागुन ०७८, काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दावी गरेका छन् । एमसीसीमा मध्यमार्ग नहुने भन्दै उनले पक्ष र विपक्षमध्ये आफूहरु विपक्षमा रहेको बताए ।

शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘के के हुन् मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईटा मार्ग छन् । एस वा नो को मार्ग । हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौं ।’

  •  
  •  
  •  
  •  
  •