२८ फागुन ०७८, बुटवल । गृहमन्त्री बालकृष्ण खांणलाई जनमत पार्टीका कार्यकर्ताले रुपन्देहीमा कालो झण्डा देखाएका छन् ।
शनिबार लुम्बिनीमा अस्पताल शिलान्याश गरेर पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा रुपन्देहीको धकधई बजार नजिकै गृहमन्त्रीलाई जनमत पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउनेहरुलाई प्रहरीले रोकेको तर कसैलाई पक्राउ नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।