नेपालमा युरियाको झोल मल प्रयोग गर्न अनुमति

२३ फागुन ०७८, काठमाडौं । सरकारले पहिलो पटक नेपालमा युरियाको झोल मल प्रयोग गर्न अनुमति दिएको छ ।

रासायनिक मलको चरम अभाव झेलिरहेको किसानहरुलाई राहत पुग्ने गरी नानो युरिया झोल मल प्रयोगका लागि अनुमति दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बताए ।

‘दाना युरिया मल भन्दा बढी प्रभावकारी र सस्तोमा उपलब्ध हुने यस्तो मल अब सरकारी तथा निजी कम्पनीले आयात गरेर बिक्री गर्न पाउने गरी अनुमति दिइएको छ,’ मन्त्री यादवले भने, ‘मल अभाव झेलिरहेका किसानका लागि यो मल निकै प्रभावकारी छ ।’

झोलमा उपलब्ध हुने यस्तो मल कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको मन्त्री यादवले बताए ।

  •  
  •  
  •  
  •  
  •