युक्रेनको इन्धन केन्द्र र हवाइ अड्डामा रुसी हमला

१५ फागुन ०७८, काठमाडौं । रुसी सेनाले युक्रेनमा हमला गर्न थालेको चौथो दिन इन्धन केन्द्र र हवाइ अड्डामा हमला गर्न थालेको छ ।

युक्रेनी सेनाको कडा प्रतिरोधपछि रुसी हमलाले सोचेजस्तो गति लिन नसकेपछि उसले इन्धन भण्डार र हवाइ अड्डालाई निशाना बनाउन थालेको हो ।

रुसी सेनाले युक्रेनको राजधानीबाट दक्षिणमा अवस्थित भासिलकिभ सहरस्थित एक तेल भण्डारमा मिसाइल आक्रमण गरेको छ । मिसाइल हमलालगत्तै उक्त भण्डारमा आगलागी भएको छ । सार्वजनिक भएका भिडियो फुटेजमा आकाशमा आगो दन्किरहेको देखिन्छ ।

तेल भण्डारमा आगो लागेपछि युक्रेनको राजधानी किभका मानिसलाई विषालु धुवाँबाट सुरक्षित रहन भनिएको छ ।

  •  
  •  
  •  
  •  
  •