राष्ट्रपतिद्वारा इतिहास तथा पुरातत्व र वातावरण क्षेत्रमा विज्ञ नियुक्त

१६ फागुन ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास तथा पुरातत्व क्षेत्र र वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिनेगरी दुईजना विज्ञ नियुक्त गरेकी छिन् ।

आइतबार काठमाडौं महानगरपालिका-१५ का डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र काठमाडौं महानगरपालिका-४का डा. कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिने भण्डारीले नियुक्त गरेकी हुन्।

  •  
  •  
  •  
  •  
  •