डब्ल्युएचओका महानिर्देशक डा.टेड्रोसले नेपाल भ्रमण गर्ने

६ बैशाख ०७९, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले यही बैशाखमा नेपालको भ्रमण गर्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा.टेड्रोसले बैशाखको ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका हुन् ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू भ्रमण दलमा रहने छन् ।

यस्तै भ्रमणका क्रममा डा. टेड्रोसले राष्ट्रपति, प्रधानमन्त्रीका साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसैगरी महानिर्देशकले स्वास्थ्य तथा जनसंख्यामन्त्रीका साथै परराष्ट्रमन्त्रीसँग पनि भेट गर्ने तय भएको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •