४ बैशाख ०७९, काठमाडौं । एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ ।
महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।
सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेल सहभागी भएका थिए ।
बैठकमा नेताहरुले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने दाबी गरे ।
इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयरको उम्मेदवारहरु आफूहरुलाई चाहिने एकीकृत समाजवादीको दाबी छ ।