स्थानीय तहमा सत्तारुढ दलबीच प्रतिस्पर्धा हुनसक्ने – प्रकाशशरण

३ बैशाख ०७९, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुनै स्थानीय तहमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा पनि हुनसक्ने बताएका छन् ।

शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले कुनै स्थानीय तहमा गठबन्धनका एक भन्दा बढी दललाई आफूले जित्छु भन्ने लागेमा मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुन सक्ने बताएका हुन् ।

  •  
  •  
  •  
  •  
  •