व्यास नगरपालिकाले गरेको कर्मचारी बढुवा बदर

२९ जेठ ०७९, तनहुँ । लोक सेवा आयोगले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४३ अनुसार व्यास नगरपालिकाले गरेको कर्मचारीको बढुवालाई बदर गरिदिएको छ ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले दिएको जानकारीअनुसार आयोगले कार्यालयलाई कर्मचारी बढुवा बदर गरेको पत्र पठाएको छ ।

‘नगरपालिकाले ३५औं नगरसभाबाट स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास गरेको थियो,’ स्रोत भन्छ, ‘त्यसैका आधारमा नगरपालिकाले १८ जना कर्मचारीलाई गत साउनमा बढुवा गरेको थियो ।’

प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ९ को उपदफा (५) को व्यवस्थालाई अनिवार्य रुपमा पालना गर्न भन्दै आयोगले कर्मचारीहरु बढुवा प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४३ अनुसार बदर गरिएको जनाएको छ ।

नगरपालिकाले वडादेखि सातौं तहका अधिकृतहरू गरी १८ जनाको कर्मचारी बढुवा गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •